बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी : डा बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन्। सर्वदलीय बैठक बस्नु केही बेरअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो ट्वीट् गरेका हुन्।
शनिवार बिहान ९ बजेका लागि सर्वदलीय बैठक डाकिएको छ। संसद खुलाउन, सर्वोच्च अदालतमा रहेको समस्या निराकरण गर्न पटकपटक सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी दल एमालले भने बहिस्कार गर्दै आएको छ। बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी भएको बाबुरामको आरोप रहेको छ।
विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्, बाबुरामले लेखेका छन्, नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो!