‘प्रचण्ड’को राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस गर्दै
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा आज समूहका टोली नेताले छलफलको निष्कर्ष तथा सुझाव पेस गर्ने छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि समूहगत छलफलपछि निष्कर्ष तथा सुझाव पेस गर्न लागिएको हो ।उक्त दस्तावेजमाथि छलफलका लागि प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो ।
सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए ।