प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *