कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएसको पढाइ हुने


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन् । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकूलपति सहप्राध्यापक डा. निरेश थापाले जानकारी दिए ।प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्व तयारी अनुसार अघि बढ्ने निमित्त उपकूलपति डा. थापाले बताए ।

‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रम सहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो,’ उनले भने, ‘प्रतिष्ठानको पूर्व निर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *