राजीनामा नआए थप आन्दोलन घोषणा गर्ने : नेपाल बार एसोसिएसन


नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् ।सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् ।
सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।

सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *