नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा
![](https://newsdailynepal.com/wp-content/uploads/2021/10/life.jpg)
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ८३ हजार ५९७ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख २५ हजार कित्ता, सञ्जय कुमार सुरेकाको नाममा रहेको ५ हजार ६४७ कित्ता र देवानन्द सरावगीको नाममा रहेको ५२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्ने कम्पनीको भनाई छ ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाका लागि विक्री गरिने जानकारी कम्पनीले जानकारी दिएको छ ।