न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भयो


न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् ।
समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक सञ्जालहरूमा प्रकाशनरप्रसारण हुनु दुःखद भएको उल्लेख गरेको छ ।“।
समस्त विकृति–विसंगतिको एउटा प्रमुख कारण न्याय परिषद्को संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागबन्डाको प्रभाव हो भन्ने हामीले ठानेका छौँ,” विज्ञप्तीमा भनिएको छ, “न्यायालमा अब राजनीति निषेध अभियान नै चलाउन आवश्यक भइसकेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *