सानिमामाई हाइड्रोले प्रस्ताव गर्यो लाभांश,साधारण सभा आव्हान


सानिमामाई हाइड्रोपावरले गत आर्थिक वर्ष ०७७/७८ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ७ गते दशौ वार्षिक साधारण सभा गर्नेृ भएको छ । साधारण सभा प्रयोजनका लागि असोज १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *