तेह्रथुम पावरको आईपीओ बाँडफाँट,यी ४ तरिकाबाट हेर्नुहोस


तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो । 

कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो  । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको र २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले योग्य रहेका २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफांड गरेको छ। जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार तेह्रथुम पावर कम्पनीको वेबसाइट https://terhathumpc.com/ ,  बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *