डडेल्धुराको अधिवेशन रोक्न उपसभापति निधिको देउवासँग आग्रह


नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गम्भीर विवाद देखिएको भन्दै अधिवेशनको प्रक्रिया रोक्न ध्यानाकर्षण गराएका छन् । उनले यस्तो विवादकाबीच अधिवेशन गर्नु उपयुक्त नहुने भन्दै अधिवेशनको प्रक्रिया रोक्न र समस्या समाधान गर्न देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

“डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ,” निधिले देउवाको ध्यानाकर्षण गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण प्रक्रिया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वय बिना निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्यसमितिको निर्णयसहितको विज्ञप्ति पनि आएको छ ।”
उनले गम्भीर विवाद राखेर अधिवेशन र निर्वाचन गराउन सर्वथा अनुचित हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *