तीजले समाज र राष्ट्रलाई भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु-याउने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली-माइती, साथी-सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।
उनले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिइन्।