भोट माग्न फाइनलिष्टहरु गृह जिल्लातिर


कमेडी च्याम्पियनको फाइनलका लागि भोट माग्न फाइनलिष्टहरु गृह जिल्ला पुगेका छन् । फाइनलमा पुगेका भरतमणि अधिकारी, बिक्की अग्रवाल र सन्तोष थापा भोट माग्न गृह जिल्ला पुगेका हुन् ।

सन्तोष थापा गोरखाका हुन् भने भरतमणि पौडेल ताप्लेजुङका हुन् । बिक्की अग्रवाल भारत सिक्किमका हुन् । उनीहरु बिहीबार नै काठमाडौंबाट आ-आफ्नो जिल्लातर्फ लागेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार प्रत्येक प्रतिस्पर्धीसँग तीनरतीन जनाको टोली निर्माण पक्षले पठाएको छ । होम भिजिटको फुटेज आउँदो श्रृंखलामा देखाइने निर्देशक भण्डारीले बताए ।

सबै प्रतिस्पर्धीलाई गृह जिल्लाका नेताहरुको साथ छ । भरतमणिलाई एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईको साथ भने सन्तोषलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथ छ । यस्तै सिक्किममा बिक्कीलाई मुख्यमन्त्री पीएस गोलेको साथ रहेको छ ।

कमेडी च्याम्पियको फाइनल असोज २ गते हुँदै छ । कमेडी च्याम्पियनको विजेताले कार, फष्ट रनरअपले मोटरसाइकल र सेकेन्ड रनरअपले स्कुटर पाउँने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *