सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
सानिमा क्यापिटलको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा भएको छ।सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ।
त्यसैगरी, बैठकले सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशतका दरले हुन आउने चार करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।