वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक आपसमा गाभिने सम्झौता
वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । दुई संस्थाबीच आज काठमाडौँमा गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।
वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ । वोमी लघुवित्तको चुक्ता पुंजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको चुक्ता पुंजी २४ करोड ८० लाख रहेको छ । मर्जमा जाने सम्झौता गरेसंगै बुधबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।
सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने छ । डिडिए गरेर स्वाप रेसियो तय गरिने र आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ ।
मर्जर प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त मर्जर कमिटि गठन गरिएको छ ।