एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ने : सभामुख
माधव कुमार नेपाल लगायत १४ जना सांसद्लाई नेकपा एमालेले गरेको कारबाही कार्यान्वयन नहुने भएको छ। नेपालसहित १४ सांसद्लाई गरिएको कारबाही कार्यान्वयन नगर्ने सभामुख अग्नि प्रसाद सापकोटाले निर्णय गरेका हुन्।
राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम नयाँ दल दर्ता भइसकेको अवस्थामा सांसद्हरुलाई कारबाही गर्नु पर्ने अवस्था नरहेको भन्दै सभामुख सापकोटाले कारबाही कार्यान्वयन नगर्ने निर्णय गरेको बताइएको छ।
अध्यादेशमार्फत नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पाटी दर्ता भइसकेको छ भने निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र समेत दिइसकेको छ।