रुरु जलविद्युतको साधारणसभा आह्वान, लाभांश सहितका विभिन्न प्रस्ताव


रुरु जलविद्युत परियोजना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६र७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन् ।
प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *