फिफा महिला फुटबलको वरीयतामा एक स्थान तल नेपाल


विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

फिफाद्वारा शुक्रबार जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १०० औँ स्थानमा थियो। एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ५७ औँ स्थानमा छ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ। त्यसैगरी, जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ स्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *