भेरोसेलको थप १६ लाख डोज खोप शुक्रबारसम्म नेपाल आइपुग्ने


सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको कोभिड-१९ विरुद्धको थप १६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने भएको छ ।

दोस्रो चरणमा चीनसँग खरिद गरिएको ६० लाखमध्ये १६ लाख डोज दुई दिनमा आउन लागेको हो । नेपाल एयरलाइन्सको वाइडबडी विमानले पहिलो लटमा आज बिहान र दोस्रो लटमा भोली बिहान गरी १६ लाख डोज खोप ल्याउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।बाँकी ४४ लाख डोज खोप दुई साताभित्र आइपुग्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *