साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल आयोजक माल्दिभ्ससँग


अक्टोबर महिनामा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अक्टोबर १ मा माल्दिभ्सको राजधानी मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्ने भएको हो।

त्यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध अक्टोबर ३ मा, भारतविरुद्ध अक्टोबर ८ मा र बंगलादेशविरुद्ध अक्टोबर १० मा खेल्नेछ। फाइनल खेल अक्टोबर १३ मा शीर्ष दुई टिमबीच हुनेछ।नेपाली टोली पछिल्लो समय साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा अभ्यासरत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *