नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन, माधव नेपाल अध्यक्ष
नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेता नेपालको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो ।९५ सदस्यीय केन्द्रीय कमिटीमा एमाले स्थायी कमिटीका माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्र छन् । यसअघि माधव नेपाल पक्षबाट कार्यदलमा रहेका पाँचै सदस्य ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, प्रदेश सभा सदस्य र केही मेयरसहित २९ जना नयाँ केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
दल दर्ताका लागि सबै तयारी पूरा भएको नेताहरूले बताएका छन् । बानेश्वरको अर्याल होटलमा बसेर नेपाल पक्षका नेताहरूले दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका छन् ।