अष्टलक्ष्मी बनिन् बागमतीमा एमाले संसदीय दलकी नेता, मुख्यमन्त्री बन्ने
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् ।
माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् ।एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ ।त्यसका लागि आजै शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले जानकारी दिए ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए ।बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वतस् मुख्यमन्त्री बन्ने व्यवस्था छ ।