१ करोड ७२ लाखभन्दा बढी नोक्सानीमा घलेम्दी हाइड्रो


घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी रू. १ करोड ७२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी रकम रू. ३ करोडभन्दा बढी थियो ।

गत वर्ष विद्युत विक्री आम्दानी बढेसँगै कुल आम्दानी २४७ दशमलव ६६ प्रतिशत बृद्धि हुँदा कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । अघिल्लो वर्ष रू. ७५ लाख ९६ हजार कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २ करोड ६४ लाख ८ हजार यो आम्दानी गरेको हो । गत वर्ष अन्य आम्दानी भने भएको छैन ।

विद्युत विक्रीबाट मात्र कम्पनीले उक्त आम्दानी गरेको हो । अघिल्लो वर्षभने कम्पनीले अन्य शिर्षकमा रू. ३ हजार आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५५ करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ५२ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *