गोधूली र यसको अनेक महत्व थाहा पाउनुहोस्


हिन्दु धर्म शास्त्रमा दिनको अलग–अलग समयका आआफ्नै महत्व बताइएको छ । चाहे सूर्योदय पहिलेको ब्रह्ममुहूर्त होस् वा चाहे सूर्यास्तअघिको गोधूली बेला यसको आआफ्नै महत्व रहेको छ ।

गोधूलीको शाब्दिक अर्थ हो, गाईको खुट्टा ९खुर०बाट निस्कने धुलो । अर्थात गोधूली भनेको त्यो समय हो जो गाइसहितका अन्य पशु चरेर घर फर्कने बेला । यो सूर्यास्त हुनुभन्दा अघिको समय हो ।गोधूली समयमा चराचुरुङ्गीको झुण्ड, पशुको सुमह आफ्नो गुड र गोठमा फर्कने गर्दछन् । यो समयमा आकाशमा सूर्यको किरणको रंग हल्का पहेलो हुने गर्दछ । औसत रुपमा गोधूली साँझको ६ बजेपछि हुने गर्दछ ।
गोधूली बेलामा के गर्ने ? के नगर्ने ?
– गोधूली बेलामा कसैलाई पनि धन वा उधारो दिनबाट बच्नु पर्ने मान्यता छ ।
– यो बेलामा लक्ष्मीको आगमन हुने मान्यता भएकाले धन बाहिर पठाउन नहुने रित छ ।
– यो बेला पूजापाठ आदि कर्मकालागी श्रेष्ठ मानिएकाले पुजा गर्नु उत्तम मानिन्छ ।
– गोधूली बेलामा कोहि दूध वा दही माग्न आए समेत यो चिज दिन नहुने मान्यता छ ।
– यो बेलामा पूजा पश्चात तुलसीको मठमा दियो बाल्नु पर्दछ ।
– तुलसीको मठमा दियो बालेपछि भूलेर पनि यसको पात टिप्नु वा छुनु हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *