मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट


मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले विहान ९ः३० बजे आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ भाग्यमानी ६८ हजार ४७४ जना आवेदकहरुले १० कित्ताका दरले प्राप्त गरेका छन् भने यी मध्य ६ जनाले थप एक कित्ता अर्थात बढीमा ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा रितपूर्वक नभएको भन्दै २ हजार ८४३ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकको भनाई छ । योग्य २० लाख ६५ हजार १२४ जनालाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू। १०० अंकित दरको रू। ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कम्पनीले सोमवार आईपीओका प्रि(अलोटमेण्ट गरी मंगलवार अन्तिम बाँडफाँट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *