विधान संशोधन गर्दै पार्टी अध्यक्षलाई मात्र शक्तिशाली बनाउने एमालेको प्रस्ताव


नेकपा (एमाले)ले आफ्नो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । यसअघि गत फागुन अन्तिम साता बसेको एमाले बैठकमार्फत विधान संशोधन गर्ने र अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो ।
सोही अनुसार अहिले विधान संशोधन गरेर एमालेको संरचना बदल्नुका साथै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदाअनुसार एमालेको हालको संरचनामा समेत परिवर्तन हुने भएको छ ।
एमालेमा उपाध्यक्षको हाल संख्या पाँच छ, अब नयाँ विधानअनुसार भने उपाध्यक्ष २ जना मात्रै हुने भएका छन् । त्यस्तै सचिवको संख्या ४ बाट बढाएर सात पारिएको छ ।
नयाँ विधानअनुसार एमालेमा अब एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहनेछन् । नयाँ विधानअनुसार एमालेमा अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *