नेपाल-भारत मैत्रीपूर्ण फुटबल भदौमा हुने


नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेलहरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।

दुबै टोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको अन्तिम चरणका लागि तयारीमा छन्।पछिल्लो पटक सन् २०१५ मा नेपालले भारतसँगको खेल आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *