प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो कार्यदलले न्यूनतम साझा कार्यक्रम


सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाएको छ ।

सरकारलाई सहयोग पुर्‍याउन बनेको कार्यदलले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको कार्यदल सदस्य देव गुरूङले जानकारी दिए । कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा कांग्रेसका डा. मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादव सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *