जसपा आधिकारिकताबारे परेका मुद्दालाई लगाउमा राख्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले जसपा आधिकारिकताबारे परेका मुद्दालाई लगाउमा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बुधवार जसपा आधिकारिकताको मुद्दालाई यसै प्रकृतिका मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो । उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएका थिए ।

उपेन्द्र यादव पक्षले गरेको कारवाही तथा निर्वाचन आ​योगमा आधिकारिकताका लागि सनाखत गर्ने निर्णय रोक्न महन्थ पक्षले सर्वोच्चमा रिट हालेका थिए । अब सबै मुद्दाको सुनुवाइ एकैपटक हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *