किन भयो सामलिङ्ग पावरको आईपिओ स्थगित
सामलिङ्ग पावर कम्पनीले निष्काशन गर्ने भनिएको स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावित इलामका स्थानीयलाई साउन २२ गतेदेखि आइपिओ निष्काशन गर्ने भनेकोमा इलाममा जारी भएको निषेधाज्ञाको कारण स्थगित गरिएको कम्पनीले जनाएको छ ।
अर्को ब्यबस्था नभएसम्मको लागि आईपिओ निष्काशन स्थगित गरिएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडले जनाएको छ। इलाममा साउन १८ गतेदेखियो साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको थियो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो ।
कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो ।