मंसिर १ गते देखि सबै तहका अदालतमा स्वचालित पेसी प्रणाली
आगामी मंसिर १ गते देखि सबै तहका अदालतमा स्वचालित पेसी प्रणाली लागु हुने भएको छ । अदालतमा हुने विकृति, विसंगतिको अध्ययन गरी नियन्त्रणका उपाय सुझाउन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको टोलीले दिएको सझुावका आधारमा सर्वोच्चले यस्तो निर्णय गरी कार्यान्वयनको तयारीका लागि परिपत्र जारी गरेको हो ।
सर्वोच्चले स्वचालित पेशी सूची प्रणाली सुरु नभएसम्म पारदर्शी ढंगले गोलाप्रथाबाट पेसी तोक्न समितिले सुझाव दिएको थियो । सोही अनुसार जिल्ला र उच्च अदालतलाई मंसिरदेखि सुझाव कार्यान्वयनका लागि पत्र पठाएको सर्वोच्चका प्रवक्ता दाहालले बताए ।स्वचालित प्रणाली लागु हुन नसकेमा पनि जिल्ला तथा उच्च अदालतले आगामी मंसिर १ गतेदेखि विश्वसनीय गोलोप्रथा प्रणालीबाट पेसी तोक्नुपर्ने छ ।
“न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाको रोकथाम तथा नियन्त्रणका उपायसम्बन्धी सुझावहरू अन्तर्गत जिल्ला अदालतमा एउटै न्यायाधीशलाई सुरुदेखि अन्तसम्म मुद्दा तोक्ने प्रणाली र सर्वोच्च तथा उच्च अदालतमा इजलास गठन गर्ने र पेसी तोक्ने सम्बन्धमा भइरहेको कानुनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागु गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागु नहुँदासम्म पारदर्शी र विश्वसनीय ढंगले गोलाप्रथा ९राफल प्रणाली० द्वारा पेसी सूची प्रकाशन गर्नुपर्ने र सुझाव कार्यान्वयनको कार्ययोजनामा उपरोक्त सुझावअनुसारको कार्य २०७८ मंसिर देखि कार्यान्वयन गर्नुपर्ने भन्ने उल्लेख भएको छ,।