जसपा सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने बताएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बुधवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल शुरु गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए । ‘
सरकारमा कहिले सामेल हुने रु कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने रु लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं ।
सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन । तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ’ खतिवडाले भने ।
बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत मार्क्सवादी समूहको अमृत पुरी समूह र लिम्बुवान राष्ट्रिय मंचका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए । जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रिय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।