बाहिर सिंह जस्तो गर्जने,भित्र लम्पसार पर्ने काम यो सरकारको नहोस्
कांग्रेस सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा थापाले यस्तो बताएका हुन् ।
संसद्लाई हेप्ने, अदालतलाई हप्काउने । न विधि मान्ने, न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने । यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’
उनले संसद्ले पनि संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘न त संसद्लाई बेवास्ता गर्न दिइने छ । न त कामविहीन बनाउन । न त मानोमानी ढंगले स्थागित गर्न दिइने छ । न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार संसद्सँग डराउनुपर्ने छ,।