जसपाको कार्यकारिणी समिति बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका छन् ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने गरी बैठक डाकिएको कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए । बैठकमा महन्थ ठाकुर-राजेन्द्र महतो समूलाई खबर गरिएको यादबले जानकारी दिए ।

आधिकारिकता प्राप्त गरेपछि यादव पक्षले ठाकुर पक्षलाई गल्ती स्वीकारेर आत्मालोचना गरेर आए कारबाही नगर्ने बताएका छन् । यादब पक्षको आजको बैठकले संसदीय दलको विधान मस्यौदालाई अनुमोदन गर्ने तथा सरकारमा जाने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *