राष्ट्रिय सहकारी बैंकको खुद नाफामा ४८ प्रतिशतको वृद्धि


राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासिल गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशत​ले बढी रहेको छ । बैंकले ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले गत आ.ब.को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।

यस अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासिल गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ।व। मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशत​ले बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *