आईपीओमा १० कित्ते नीतिलाई निरन्तरता दिन माग
लगानीकर्ताका दुई संगठनले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई आईपीओमा १० कित्ते नीतिलाई निरन्तरता दिनुपर्ने बताएका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त रुपमा अर्थमन्त्री शर्मालाई भेटेर यस्तो माग राखेका हुन ।
इन्भेष्टर्स फोरम अध्यक्ष छोटेलाल रौनियार र शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल लगायतका प्रतिनिधिले शेयर ब्रोकर कमिसन घटाउनुपर्ने, पुँजीगत लाभकरको दर घटाउनुपर्ने र नेपालभर सेयरको दोस्रो बजारको पहुँच पुर्याउनुपर्ने लगायतका माग राखेका छन् ।