नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित
नेपाली कांग्रेसको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आगामी १३ गते क्रियाशील सदस्यता प्रतिवेदनपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । ‘हाम्रो पार्टीको विधानले मात्रै होइन, संविधानकै व्यवस्थाका कारण पनि १४ औं महाधिवेशन भदौ १६ गते पछाडि जान सक्दैन । यस विषयमा घनिभूत छलफल भएका छन् । क्रियाशील सदस्यतालगायतको विषय पनि नटुंगिएको हुँदा अहिलेलाई १२ गतेको अधिवेशन स्थगित गर्ने निर्णय भएको छ,’ केसीले भने ।