राप्रपा नेताहरू र विप्लवको टोलीबीच भेटवार्ता,तीन बुँदे सहमतिको चर्चा
पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएको नेत्रविक्रम चन्द ‘विप्लव’ को टोलीले आज राप्रपा का नेताहरूसँग भेटवार्ता गरेको छ ।
भेटमा समसामयिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए ।
‘सौहार्दपूर्ण भेटघाट भयो, दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ उनले भनेका छन्, ‘विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।
’‘विप्लव’ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसअघि उनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको थियो ।