प्रकाश सपुत र सुनिता दुलाल‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’


गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरेको हो।

सद्भावना दुत नियुक्त भएपछि गायक सपुतले यो आफ्नो लागि एउटा ठूलो उपलब्धी र गौरवको अनुभव भएको भन्दै यसलाई महत्वपूर्ण ज़िम्मेवारी र कर्तव्यको रुपमा लिएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरुसँग सहकार्य गरेकोमा म प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल सरसहित सम्बन्धित सबैमा आभारी छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *