तुलसीको प्रयोगले यी रोग उपचारमा गर्छ फाइदा
तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ९५-१० मिलिलिटरमा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।
बच्चाको साधारण पेट दुख्दा, अजीर्ण हुँदा, अरुचि हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १-३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।
विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३-४ वटा पात चपाएर दिनमा २-३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्न सकिन्छ ।
कीटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।