मध्य भोटेकोशीको स्थगित आइपिओको आबेदन खुला,कसले भर्ने ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको स्थगन भएको आईपिओ बिक्रि आज साउन ५ गतेबाट पुन सुचारु हुने भएको छ। कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो ।
स्थगित भएको आईपिओ साउन ५ गतेबाट पुनस् सुचारु हुने भएको हो। यस आईपिओमा छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलो सुन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु।६ अर्बको १०५ अर्थात् रु।६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो।
जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा।वि।स। र साविक मानेश्वरा गा।वि।स।) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०५ ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०५ ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।