नेपाली बजारमा सुनको मूल्य बढ्यो,कति पुग्यो तोलामा ?


नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलाामा चार सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १३९० मा कारोबार भएकोमा आज घटेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *