एमाले केन्द्रीय कमिटी बैठक,फ्लोर क्रस गर्नेलाई कारबाही हुन सक्ने


नेकपा एमालेको संस्थापन पक्षले पार्टी विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन शुरू गरेको छ ।

यसअघि केन्द्रीय कमिटीको १३ औं कमिटी बैठक बसेको एमाले दशौंमा फर्किएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसिरहेको केन्द्रीय कमिटीको बैठकलाई दशौं बैठक भनेर ब्यानरमा लेखिएको छ ।असार १८ र १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई १३ औं बैठक भनिएको थियो ।

सहमति कार्यान्वयन स्वरुप आजको बैठकलाई दशौं बैठक भनिएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । असार २७ गते भएको १० बुँदे सहमतिमा पार्टीलाई जेठ २ को अवस्थाबाट फर्काउने प्रतिबद्धता दुवै समूहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *