सन नेपाल लाईफले आव्हान गर्यो साधारण सभा


सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते नेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउसो ३ बजे सभा बोलाईएको हो ।

नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले सञ्चालक नियुक्तीको विषय पनि अनुमोदन गर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभालमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *