सात लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एसिया बैंक


एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको ७ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, र नागरिक लगानी कोषको गरि कुल ७ लाख ७५ हजार ४ सय ७३ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो।

बैंकले आज साउन ३ गतेदेखि साउन ३१ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४८१ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ ।

त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५४१ कायम गरेको छ । साथै बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो।
यी शेयरको न्युनतम मूल्य १२सय २१ रुपैयाँ कायम गरेको छ । बैंकले यी शेयर आज असार १५ गतेदेखि असार २१ गतेसम्म लिलाम गर्न लागेको हो ।

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् ।

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *