प्रतिनिधिसभा बैठक आज,सम्भावित कार्यसूची यस्तो


संघीय संसद्को दुबै सदनको अधिवेशन आइतवारदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैको पहिलो बैठक आइतबार ४ बजे बस्दैछ। प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि अधिवेशन आह्वान भएको हो।

जेठ ८ गते तत्कालीन केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्। असार २८ गते सर्वोच्चले उक्त निर्णय बदर गरेको हो। यसअघि गत पुस ५ गते पनि ओली सरकारले प्रतिनिध सभा विघटन गरेका थिए।

संघीय संसदका दुबै सदनले आइतवारका सम्भावित कार्यसूची पनि सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *