युवा संघले स्कर्टिङ गरेर ओलीलाई बालुवाटारदेखि बालकोटसम्म लगे


निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।
ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए । तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ ।

सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *