ज्योति बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
ज्योति विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज असार ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।
बैंकले १ अर्ब ५० करोड बराबरको ९प्रति कित्ता १ हजार अंकित दरका० १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ९ लाख कित्ता निजि तबरबाट र ६ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।