माधवकुमार नेपाल एमालेको नेता नै नभएको ओलीको टिप्पणी



प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको नेता नै नभएको टिप्पणी गरेका छन्। शनिवार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीको सांगठनिक काममा सक्रिय नभएको व्यक्ति एमालेको नेता हुन नसक्ने बताएका हुन्।

आफ्नो सांगठनिक र वैचारिक क्रियाकलाप चलिरहन्छ त्यसमा व्यवधान हुँदैन। हामी कसैको तर्कका पछाडी जान आवश्यक छैन्। कसले कारवाही गर्‍यो, कसले गरेन। काम गरिरहेका छैन अनि नेता त्यो पार्टीको नेता पनि होइन, ओलीले भने।

पार्टीको विचार र संगठनको पक्षमा भए मात्रै माधव नेपाल एमालेको नेता हुनसक्ने ओलीले बताए। भने, पार्टीको वैचारिक र संगठनको नेतृत्व गरिरहेको छ भने नेता हो। छाडनु भो भने हट्छ।

उनले अब एकता भनेर नेता नेपाललाई पर्खन नसक्ने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *