पूरा खोप लगाउनेको संख्या ३ प्रतिशत भन्दा कम हुनु गम्भीर कुरा


सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएको दावी गरेको छ। यसबारे आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूरा खोप लगाउनेको संख्या ३ प्रतिशत भन्दा कम हुनु गम्भीर कुरा भएको बताएका छन्।

शुक्रवार ट्विट गर्दै भट्टराईले देशमा कोरोनाको संक्रमण दर २०/२५ प्रतिशत हुँदा पूरा खोप लगाउनेको संख्या ३ प्रतिशत भन्दा कम हुनु गम्भीर कुरा भएको टिप्पणी गरेका हुन्। उनले पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बञ्चित हुनु घाउमाथि नुनचुक छर्कनु जस्तै भएको समेत बताएका छन्।

उनले प्रश्न गर्दै भनेका छन्, ‘यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन? पर्सिदेखि सबैलाई खोप भनेर जग हँसाउने होरु सेम!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *