केक काट्दा किन विवादमा परे राजेश हमाल ?
वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। धरहरा निर्माणको काम नसकिएकाले सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन।
यसैबिच अभिनेता राजेश हमालले धरहराको टुप्पोमा पुगेर बुधवार ५७ औँ जन्मदिन मनाए। नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै केक काटे।हमालले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा काटेका हुन्।
केक काट्नुको उद्देश्य राम्रो भए पनि कोभिडको बेला भिडभाड गरेर स्वास्थ्य मापदण्ड उल्लंघन गरेको, निषेधाज्ञा उल्लंघन गरि जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।